Kath khabar
भोजपुरको तुङगेछा केन्द्रविन्दु भएर भूकम्प

 

                   काठमाडौं, भदौ १५ । भोजपुर जिल्लाको तुङगेछा केन्द्रविन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १:११ मिनेट जाँदा भोजपुरको तुङगेछा आसपास केन्द्रविन्दु भएर चार रेक्टर स्केलको भूकम्प गएको हो।

यसअघि गत साउन ३२ गते बझाङ जिल्लाको खिराताडी आसपास केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको थियो।

नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिइन्छ। पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रविन्दु भएर स-साना भूकम्पहरू गइरहेका छन्।

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  ०९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update