Kath khabar
एटिएम मेसिन तोडफोड गरी चोरी गर्ने खोज्ने व्यक्ति पक्राउ


                  भक्तपुर, भदौ १५ । भक्तपुर नगरपालिका–१० कमलबिनायक भत्केको पाटीस्थित नबिल बैंकको एटिएम मेसिन तोडफोड गरी चोरी गर्न खोजेको अभियोगमा दाङ बबई गाउँपालिका–२ बस्ने २४ वर्षीय पूर्ण बहादुर खासुलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरीले उनलाई एटिएम मेसिन तोडफोड गरी चोरी गर्न खोजेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनको साथबाट १ थान मार्तल, १ थान फलामको रड र १ थान ह्याक्सो प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update