सूर्यको अध्ययन गर्न भारतले आदित्य एल–१ अन्तरिक्षमा पठायो
काठमाडौं, भदौ १६ । भारतले सूर्यको अध्ययन गर्न अन्तरिक्ष मिसन प्रक्षेपण गरेको छ । आन्ध्र प्रदेशको श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट आज बिहान सूर्ययान अर्थात् आदित्य एल–१ प्रक्षेपण गरिएको हो ।
पहिलो १६ दिन पृथ्वीको कक्षमा रहेपछि इसरोको सूर्य मिसन सूर्यको लगरेन्ज पोइन्ट-१ तर्फ सर्नेछ। भारतीय अन्तरिक्ष निकाय इसरोले उक्त दूरी तय गर्नका लागि चार महिना लाग्ने जनाएको छ।
चन्द्रयान–३ चन्द्रमाको दक्षिणी ध्रुवमा सफल अवतरण भएको दुई साता नवित्दै भारतले सूर्यको अध्ययनका लागि अर्को मिसन पठाएको हो ।
प्रकाशित मिति: शनिबार, भदौ १६, २०८० १८:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय