काठमाडौं महानगरका मेयर बालेन्द्र साहलाई पुत्रीलाभ
पत्नि चढेको गाडी प्रहरीले रोकेपछि साहले पोष्ट गरे धम्किपूर्ण स्टाटस
काठमाडौं, भदौ १७ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनलाई पुत्रीलाभ भएको छ ।
विवाह गरेको ५ वर्षपछि मेयर शाहकी पत्नी सविना काफ्लेले छोरीलाई जन्म दिएकी हुन् । सविनाले छोरीलाई जन्म दिएको उनको पारिवारिक स्रोतले पुष्टि गरेको छ ।
शनिबार बालेन साहकि पत्नि चढेको महानगरको गाडी ट्राफिक प्रहरीले रोकेपछि साहले सामाजिक सञ्जालमा धम्किपूर्ण स्टाटस पोष्ट गरेका छन् । उनले स्टाटसमा सिंहदरबार जलाउने धम्की दिदै आक्रोश पोखेका छन् -
आजको लागी केहि भएन ,
भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने ,
सिंहदरवारमा आगो लगाइदिन्छु ।
याद राख चोर सरकार ।
प्रकाशित मिति: आइतबार, भदौ १७, २०८० १०:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय