Kath khabar
नेपाल आइपुगे जग्गी बासुदेव 'सदगुरू’

 

              काठमाडौं, भदौ १७ ।  जग्गी बासुदेव उर्फ 'सदगुरू' फेरि नेपाल आइपुगेका छन् । शनिवार राती उनी नेपाल आइपुग्दा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सद्गुरुको स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

सद्गुरुको स्वागतमा उपप्रधानमन्त्री सँगै एक हुल विमानस्थलको आगमन कक्षमा पुगे थिए । लगातर जस्तो नेपाल आइरहेका सदगुरूले हालै काठमाडौँको बसुन्धारामा लिङ्ग भैरवीको मन्दिर स्थापना गरेर नेपालमा गहकिलो उपस्थिति स्थापित गरेका छन् । धेरैले उनले स्थापना गरेको लिङ्ग भैरवी मन्दिर र लिङ्ग भैरवीको उत्पत्तिसँगको विषयलाई व्यापक आलोचना गरेका छन् । 

इशा फाउण्डेसनका संस्थापक जग्गी वासुदेव लेखक हुन् । उनले पछि सदगुरू भनाउन थालेका हुन्  । आज उनको जन्मदिन हो । जग्गी वासुदेवको जन्म १९५७ को सेप्टेम्बर ३ तारिख हो । उनी भारतको मैसुरमा जन्मेका हुन् ।

इशा फाउण्डेसनले भारत, बेलायत, अमेरिका, सिंगापुर, अष्ट्रेलिया, लेबनान लगायत मुलुकमा विशेषतः योगाको बारेमा जानकारी दिने गरेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update