वीर अस्पतालको छैटौं तलाबाट हामफालेका पुरूषको उपचारको क्रममा मृत्यु
मृतकको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ। अस्पतालका प्रवक्ता सागर मिश्रका अनुसार अन्दाजी ४० वर्षीय मृतकले अस्पतालमा कुरूवा भनेर प्रवेश गरेका थिए
काठमाडौं, भदौ १८ । वीर अस्पताल नयाँ भवनको छैटौं तलाबाट हामफालेर एक जना पुरूषको मृत्यु भएको छ।
आइतबार बिहान एक पुरूषले हामफालेर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोद ढुंगेलले जानकारी दिए।
मृतकको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ। अस्पतालका प्रवक्ता सागर मिश्रका अनुसार अन्दाजी ४० वर्षीय मृतकले अस्पतालमा कुरूवा भनेर प्रवेश गरेका थिए।
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८० १३:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय