नवलपुरमा जापानिज इन्सेफलाइटिसबाट एकको मृत्यु
जब कुनै लामखुट्टेले जापानिज इन्सेफलाइटिस भाइरस भएको जनावर (जस्तै सुँगुर वा जलपक्षी)लाई टोकेर त्यही लामखुट्टेले मानिसलाई टोकेपछि यो रोग मानिसमा सर्ने गर्दछ
नवलपुर, भदौ १९ । नवलपुरमा लामखुट्टेको टोकाइबाट लाग्ने रोग जापानिज इन्सेफलाइटिसबाट एकजनाको निधन भएको छ। नवलपुरको देवचुली-१७ निवासी ६६ वर्षीया महिलाको निधन भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ।
नवलपुरमा यस आर्थिक वर्षमा दुईजनामा जापानिज इन्सेफलाइटिस पुष्टि भएको र एकजनाको निधन भएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले बताए।
जब कुनै लामखुट्टेले जापानिज इन्सेफलाइटिस भाइरस भएको जनावर (जस्तै सुँगुर वा जलपक्षी)लाई टोकेर त्यही लामखुट्टेले मानिसलाई टोकेपछि यो रोग मानिसमा सर्ने गर्दछ।
प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८० १४:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय