Kath khabar
क्रिप्टो कारोबारमा संलग्न व्यक्ति पक्राउ


                 काठमाडौं, भदौ १९ । क्रिप्टो कारोबारमा संलग्न रहेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका–४ पासिकोट बस्ने सिन्धुपाल्चोक वलेफि गाउँपालिका–३ ठेगाना भएका २७ वर्षीय पुरूषोत्तम कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जाल फेसबुकमा सेलर ग्रुपमा आवद्ध भई बिनान्स आईडी खोली युएसडी क्रिप्टो खरिद बिक्रीको लागि सम्झौता गरी विभिन्न व्यक्तिहरूको बैंक खाता लगायत वालेटहरूमा रकम ट्रान्सफर गरी क्रिप्टो कारोबार गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न कार्कीलाई पक्राउ गरेको हो ।

उनलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ ।

 

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १४:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update