Kath khabar
सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

 

                 काठमाडौँ, भदौ २१ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज काठमाडौं जिल्ला अदालतमा सुनुवाइ हुँदैछ ।

लामिछानेविरुद्धको बलात्कारको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ । मुद्दाको अन्तिम बहस पटक पटक स्थगित हुँदै आएको छ ।

सन्दीप र उनका वकिलहरूको टोलीले बालिका नाबालिग नभई जानीजानी जालमा फसाएको तर्क गर्दै आएका छन् । तर, युवती र उनका वकिलसहित सरकारी वकिलको टोलीले आफ्नो मुद्दा प्रमाणित गर्ने प्रयास गरिरहेको छ ।

अदालतले सन्दीपलाई नेपालको राष्ट्रिय खेल खेल्न विदेश जान अनुमति दिएको थियो । सन्दीपले हालै पाकिस्तान र श्रीलंकामा भएको एसिया कप क्रिकेट खेलमा सहभागिता जनाएका थिए ।

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update