Kath khabar
सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश शकुन्तला कार्कीको एकल इजलासमा

 

             काठमाडौँ, भदौ २१ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश शकुन्तला कार्कीको एकल इजलासमा परेको छ । न्यायाधीश कार्कीले नपन्छाएको खण्डमा आज यस मुद्दामा अन्तिम बहस हुनेछ।

लामिछानेविरुद्धको बलात्कारको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ । मुद्दाको अन्तिम बहस पटक पटक स्थगित हुँदै आएको छ ।

सन्दीप र उनका वकिलहरूको टोलीले बालिका नाबालिग नभई जानीजानी जालमा फसाएको तर्क गर्दै आएका छन् । तर, युवती र उनका वकिलसहित सरकारी वकिलको टोलीले आफ्नो मुद्दा प्रमाणित गर्ने प्रयास गरिरहेको छ ।

अदालतले सन्दीपलाई नेपालको राष्ट्रिय खेल खेल्न विदेश जान अनुमति दिएको थियो । सन्दीपले हालै पाकिस्तान र श्रीलंकामा भएको एसिया कप क्रिकेट खेलमा सहभागिता जनाएका थिए ।

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १२:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update