Kath khabar
सन्दीप लामिछानेविरुद्धको मुद्दामा जन्मदर्ता सम्बन्धी थप अभिलेख झिकाउने आदेश

 

                   काठमाडौं, भदौ २२ । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा गौशाला २६ को बसाइँसराइ तथा जन्मदर्ता सम्बन्धी थप अभिलेख झिकाउने आदेश गरेको छ । उक्त मुद्दा हेर्दाहेर्दैमा नगएपछि अब अर्को पेशी भदौ २६ गतेलाई तोकिएको छ ।

न्यायाधीश शकुन्तला कार्कीको इजसालमा बिहीबार भएको सुनुवाइपछि जाहेरीकर्ता गौशाला २६ को जन्मदर्ता र बसाइसराइका थप अभिलेख झिकाउने आदेश भएको अदालतका श्रेस्तेदार कौशलेश्वार ज्ञवालीले जानकारी दिए । प्रतिवादीका वकिल सरोज घिमिरेले गौशाला २६ को जन्ममिति विवाद किनारा लगाउनुपर्नेमा जोड दिँदै गौशालाको सम्वन्धित वडाबाट जन्ममिति र बसाइसराइको ढड्डा मगाएर हेर्न न्यायाधीशसमक्ष माग गरेका छन् ।

यसअघि नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौँले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

 

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  ११:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update