युरोप, असार ८ । अष्ट्रिया इतिहासमै पहिलो पटक अन्तिम १६ मा प्रवेश गरेको छ । समुह सीको अन्तिम खेलमा युक्रेनलाई हराउँदै उसले अन्तिम १६को यात्रा तय गरेको हो । बुखारेष्टमा भएको खेलमा उसले युक्रेनमाथि एक सुन्यको जित हात पारेको हो ।
खेलको २१ औँ मिनेटमा कप्तान डेभिड अलावाको सहयोगमा बाउमगार्टनरले गोल गर्नुभएको हो । पहिलो हाफमा गो्ल फर्काउने प्रयास गरेको यक्रेनले दोस्रो हाफमा भने गोलको कुनै अवसर सिर्जन गर्न सकेन । सोही एक गोल नै अष्ट्रियालाई पहिलो पटक युरोपेली च्याम्पियुनसिपको अन्तिम १६ मा प्रवेश गर्न पर्याप्त बन्यो ।
यस नतिजाले अष्ट्रिया अंक तालिकाको दोस्रो स्थानमा उक्लँदै अन्तिम १६ मा प्रवेश गरेको छ । अष्ट्रियाको ३ खेलमा ६ अंक तथा युक्रेनको ३ खेलमा ३ अंक छ । युक्रेन तेस्रो स्थानमा रहेपनि उत्कृष्ट ४ टोलीको माध्यमबाट अर्को चरणमा अघि बढ्ने झिनो सम्भावना भने बाँकी छ । अष्ट्रियाले अब अन्तिम १६ मा इटालीको सामना गर्नेछ । इटाली समूह ए को विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको थियो ।
यस्तै नेदरल्यान्ड्सले समूह चरणको अन्तिम खेलमा उत्तर मेसीडोनियामाथि तीन सुन्यको सहज जित हात पारेको छ ।
सोमबार राती भएको समूह चरणको अन्तिम खेलमा डच टोलीले नर्थ म्यासेडोनियामाथि ३-० को सहज जित निकालेको हो । युरोपेली च्याम्पियनसिपमा पहिलो पटक सहभागिता जनाएको मेसीडोनियाले एकं अंक पनि जोड्न सकेन । डोनेल मालेनले काउन्टर अट्याकमा मिलाइदिएको पासमा मेम्फिस डिपाएले गोल गर्दै डच टोलीलाई १–० को अग्रता लिाउनु भएको थियो । ५१औं मिनेटमा कप्तान जर्जिन्हो वाइनाल्डमले गोल गर्दै डच टोलीको अग्रता दोब्बर बनाउनुभयो । ५८औं मिनेटमा कप्तान जर्जिन्हो वाइनाल्डले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै डच टोलीको तीन सुन्यको जित सुनिश्चित बनाउनु भयो । मेसीडोनिया भने यस अघि नै बाहिरिसकेको छ ।