काठमाडौं, भदौ २४ । काठमाडौं जिल्ला अदालतले ललिता निवास जग्गा प्रकरणमा प्रहरी हिरासतमा रहेका १८ जना आरोपितलाई नै रिहाइ गर्न आदेश दिएको छ ।
न्यायाधीश भोलानाथ ढकालको इजलासले पक्राउ परेका १७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ भने केशव तुलाधरलाई भने साधारण तारेखमा छाड्ने आदेश दिएको छ। भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
कोसँग कति धरौटी माग ?
बालकृष्ण श्रेष्ठ -७ लाख ५० हजार, शिवजी भट्ट-३ लाख ३० हजार, रुद्र कुमार श्रेष्ठ- ७ लाख ५० हजार, कलाधर देउजा -१५ लाख, घमन कुमार कार्की- ७ लाख ५० हजार, विनोद पौडेल- १५ लाख, गोपाल कार्की -७ लाख ५० हजार, योगराज पौडेल- ७ लाख ५० हजार, अरुण कुमार श्रेष्ठ -७ लाख ५०, ध्रुव प्रसाद अर्याल -३ लाख ३० हजार, बाबुराजा महर्जन- १ लाख १० हजार, देवनारायण महर्जन - १ लाख १० हजार, सकलानन्द महर्जन- १ लाख १० हजार, सञ्जय कुमार महर्जन- १ लाख १० हजार धरौटी माग गरिएको छ ।