कोलम्बो, भदौ २४ । एसिया कप क्रिकेट अन्तर्गत आज भारत र पाकिस्तानबीच खेल हुँदैछ । श्रीलङ्काको कोलोम्बोस्थित आर प्रेमदासा क्रिकेट स्टेडियममा कोलोम्बोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले १८ ओभरमा २ विकेट गुमाउँदै १ सय २४ रन बनाएको छ ।
भारतका ओपनर रोहित शर्मा र शुभमन गिलले एसिया कपको सुपर फोर खेलमा पाकिस्तानविरुद्ध शतकीय साझेदारी गर्दै आउट भएका छन् । टोलीको १०० रन १४ औं ओभरमा पूरा भयो। रोहित ५६ रन बनाएर आउट भए भने शुभमन गिल ५८ रन बनाएर आउट भए ।
केएल राहुल र विराट कोहली खेलिरहेका छन्। कप्तान रोहित शर्मा र युवा ब्याट्सम्यान शुभमन गिलले सुपर–४ मा पाकिस्तानविरुद्धको खेलमा टीम इन्डियालाई बलियो सुरुवात गरे । २१ ओभरपछि टीम इन्डियाको स्कोर २ विकेटमा १३७ रन थियो। कोहली ७ रन र राहुल १० रन बनाएर खेलिरहेका छन् । रोहित शर्माको विकेट लेग स्पिनर शादाब खान र शुभमन गिलको विकेट बायाँ हाते फास्ट बलर शाहीन अफ्रिदीले लिएका थिए ।
भारतको भने यो सुपर फोरको पहिलो खेल हो। आजको खेल वर्षाले प्रभावित हुन सक्ने अवस्थामा ‘रिजर्भ डे’ राखिएको छ । आज खेल पूरा हुन नसकेमा भोलि हुनेछ । सुपर फोरमा समूह ए बाट पाकिस्तान र भारत तथा समूह बी बाट श्रीलङ्का र बङ्गलादेश पुगेका थिए । एसिया कप क्रिकेटमा श्रीलङ्कासँग पराजित हुँदै बङ्लादेश बाहिरिएको छ ।