Kath khabar
इसेवाको बैंक लिंक एकाउन्ट मार्फत भुक्तानी गर्दा उपहार जित्न सकिने



                      काठमाडौं, भदौ २५ ।  नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले लिङ्क गरिएको बैंक खाता मार्फत सिधै भुक्तान गरेर आकर्षक पुरस्कार जित्न सकिने अफर सार्बजनिक गरेको छ । इसेवा एकाउन्टमा लिंक गरिएको बैंक खाता मार्फत भुक्तानी गर्दा दैनिक, साप्ताहिक र मासिक आधारमा आकर्षक पुरस्कार जित्न सकिने अफर सार्बजनिक गरिएको हो ।

भाद्र २० देखि असोज १८ गतेसम्म सञ्चालन हुने यस अफरमा बम्पर उपहार विजेताले ३५० सी सी को मोटरसाइकल जित्न सक्नेछन् । यस योजनामा दैनिक, साप्ताहिक र मासिक पुरस्कारहरू जित्न सकिन्छ । उपहार पुरस्कारहरूको लागि योग्य हुन, सहभागीहरूले योजना अवधिमा उनीहरूको लिङ्क गरिएको बैंक खाताहरू प्रयोग गरेर भुक्तानी गर्नुपर्नेछ ।

 

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update