काठमाडौं, भदौ २५ । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी आसिफ शेख विरुद्ध यौन दुर्व्यवहारको आरोप लागेको छ ।
एक किशोरीले आसिफले आफूसँग यौन दुर्व्यवहार गरेको भन्दै प्रहरी वृत्त कालीमाटी लगायतमा निवेदन दिन तयार पारिएको कागजात आइतबार सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । प्रहरी वृत्त कालीमाटीका डीएसपी नरहरी अधिकारीले भने त्यस विषयमा कुनै जानकारी नभएको बताएका छन् ।
ति किशोरीले सोल्टीमोडको ह्यात प्यालेस होटलमा इन्टर्न गर्ने क्रममा आसिफसँग चिनजान भएको र चिनजानपछि सामाजिक संजालमा बोलचाल हुन थालेको बताएकी छन् । आसिफले गौशालास्थित होटल शिवम प्यालेसमा लगेर अनुचित सहवास गर्न खोजेको आरोप उक्त निवेदनमा लेखिएको छ।
आसिफविरुद्ध दुईजना किशोरीहरुले आफूहरूमाथि यौन दुर्व्यवहार गरेको भन्दै आरोप लगाएका हुन् । उनीहरुले छुट्टाछुट्टै मितिमा लेखेको दुईवटा निवेदन सामाजिक सञ्जालमा सार्वजनिक भएको हो ।