नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगदसहित एक सरकारी कर्मचारी पक्राउ
बाँके, भदौ २५ । नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगदसहित सरकारी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटा रहेका छन् ।
विमानस्थलमा सुरक्षा जाँचका क्रममा सापकोटाको झोलामा ठूलो मात्रामा नगद फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरी कार्यालय बाँकेका अनुसार सापकोटाका साथमा रहेका त्यही कार्यालयमा कार्यरत दिपक पौडेल भन्ने अर्का व्यक्ति फरार रहेका छन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ २५, २०८० १२:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय