आन्दोलित कर्मचारीद्वारा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका सबै सेवा ठप्प
६० केजी सुन तस्करी प्रकरणमा कर्मचारीहरू धमाधम पक्राउ गरेर आतंकित बनाएको उनीहरूको आरोप छ । जसका कारण सो भन्सार कार्यालयमा काम गर्ने मनोविज्ञान तथा वातावरण नभएको भन्दै गत भदौ १२ गते १३७ कर्मचारीले सामूहिक सरुवा मागे गरेका थिए
काठमाडौं, भदौ २५ । सिनामंगलस्थित त्रिभुवन विमानस्थलको भन्सार कार्यालयको काम ठप्प भएको छ ।
विमानस्थल भन्सारमा समातिएको ६० केजी तस्करीको सुन प्रकरणमा कर्मचारी माथि अनुसन्धान गरिएको भन्दै भन्सारमा कार्यरत कर्मचारीले सेवा ठप्प पारेका हुन् ।
६० केजी सुन तस्करी प्रकरणमा कर्मचारीहरू धमाधम पक्राउ गरेर आतंकित बनाएको उनीहरूको आरोप छ । जसका कारण सो भन्सार कार्यालयमा काम गर्ने मनोविज्ञान तथा वातावरण नभएको भन्दै गत भदौ १२ गते १३७ कर्मचारीले सामूहिक सरुवा मागे गरेका थिए । तर, आफ्नो माग २ साता लागिसक्दा पनि सुनुवाई नभए पछि आइतवारबाट उनीहरु आन्दोलनमा उत्रेका हुन् ।
प्रकाशित मिति: सोमबार, भदौ २५, २०८० १३:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय