Kath khabar
डेनमार्क अन्तिम १६ मा, बेल्जियमको शतप्रतिशत जित

कोपेनहेगन, असार ८ । समुह कोपेनहेगनको पार्केन रंगशालामा घरेलु टोलील डेनमार्कले रसियालाई तीन एक गोललले हराउँदे अन्तिम १६ मा प्रवेश गर्यो । ३८ औँ मिनेटमा मिकेल डाम्सगार्डले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाउनुभयो । दोस्रो हाफको ५९ औं मिनेटमा युसुफ पौलसेनले गोल गरि डेनमार्कको अग्रता दोब्बर बनाउनु भएको थियो ।

७० औं मिनेटमा रसियाले पेनाल्टीमा गोल गर्दै खेलमा फर्कने अवसर पाएको थियो । यान्निक भेस्टेगार्डले पेनाल्टी क्षेत्रभित्र सोबोलेभलाई लडाएपछि पाएको पेनाल्टीर्मा  कप्तान आर्टम ज्युबाले गोल गर्नुभएको हो । ७९ औं मिनेटमा आन्द्रेस क्रिस्टेन्सनले गोल थप्नु भयो । ८२ औं मिनेटमा जोआकिम माहलेले गोल गर्दै डेनमार्कको चार एकको जित सुनिश्चित भएको हो । डेनमार्कले अब अन्तिम १६ मा वेल्सको सामना गर्नेछ । बेल्जियमले भने तेस्रो स्थान हासिल गर्ने मध्य एक टोलीको सामना गर्नेछ ।

डेनमार्कले पहिलो खेलमा फिनल्यान्डसँग १–० र दोस्रो खेलमा बेल्जियमसँग २–१ को हार बेहोरेको थियो । अन्तिम खेलमा भारी गोल अन्तरको जित हात पारेपछि उसको अन्तिम १६को यात्रा तय भएको हो । डेनर्माक समुहको उपबिजेता रहँदा बेल्जियम बिजेताका रुपमा अन्तिम १६मा प्रवेश गरेको हो । शतप्रतिशत जित निकाल्ने क्रममा उसले फिनल्यान्डलाई २-० ले पराजित पराजित गरेको हो ।

रुसको  सेन्ट पिटर्रबर्गमा बेल्जियमले दुवै गोल दोस्रो हाफमा गरेको हो । ७४ औँ मिनेटमा कर्नरबाट आएको बललाई थोमस भर्मालेनले हेडर गर्दा पोस्टमा लागेर आएको बल गोलरक्षक ह्रादेच्कीलाई लाग्दै गोल भएको थियो । ८१ औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै बेल्जियमको जित पक्का गर्नुभएको हो । 

प्रकाशित मिति: मंगलबार, असार ८, २०७८  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update