लिबियामा विनाशकारी आँधी 'डेनियल' पछिको बाढीमा कम्तीमा २ हजार जनाको ज्यान गयो
आँधीलाई ध्यानमा राख्दै पूर्वी लिबियामा कर्फ्यु जारी भएको छ भने विद्यालय र पसलहरू बन्द गर्न आदेश दिइएको खबरमा उल्लेख छ
त्रिपोली, भदौ २६ । लिबियामा विनाशकारी आँधी र बाढीका कारण कम्तीमा २ हजार जनाको ज्यान गएको छ । पूर्वी लिबिया सरकारका नेताले २ हजारभन्दा बढी मानिसको ज्यान गएको र हजारौँ बेपत्ता भएको जनाएको छ ।
लिबिया मामिलाका विज्ञ जलेलले बीबीसीलाई बताएअनुसार ज्यान गुमाउनेको सङ्ख्या हजारौँ पुग्न सक्छ । गएको आइतवार डेनियल आँधीका कारण सङ्कट उत्पन्न भएको हो ।
आँधीलाई ध्यानमा राख्दै पूर्वी लिबियामा कर्फ्यु जारी भएको छ भने विद्यालय र पसलहरू बन्द गर्न आदेश दिइएको खबरमा उल्लेख छ । डेरनाका २ वटा बाँध पनि भत्किएको र त्यस क्षेत्रमा झन्डै १० हजार जना मानिस बस्ने अनुमान छ । डेरनाको पूरै क्षेत्र बगेको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८० १४:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय