प्योङयाङ, भदौ २६ । उत्तर कोरियाली नेता किम जोङ उन रुस भ्रमणमा जानु भएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको शिखर वार्ताका लागि किम रेल मार्फत सोमबार रुस भ्रमणमा जानु भएको हो । भारी सुरक्षा व्यवस्था सहित किम रुस भ्रमणमा निस्किएको तस्वीर उत्तर कोरियाली सञ्चार माध्यमले सार्वजनिक गरेका छन् ।
किम चढेको रेलमा २० वटा बुलेटप्रुफ गाडी समेत रहेकाले प्रति घण्टा ५९ किलोमिटरको गतिमा रेल गईरहेको र रुस पुग्न रेललाई एक दिन पुरै लाग्ने पश्चिमा मिडियाहरुले जनाएका छन् ।
उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसीएनएले उहाँको साथमा सैनिक कर्मचारीसहित उच्च सरकारी अधिकारीहरूको समूह पनि रहेको जनाएको छ । किम चार वर्ष पछि रुस पुग्नुभएको हो । कोरोना महामारी शुरु भएपछि उहाँको यो पहिलो विदेश भ्रमण समेत हो ।
किम र रुसी राष्ट्रपति पुटिनबीच मंगलबार मस्कोमा शिखर वार्ता हुने समाचारमा उल्लेख छ । युक्रेनसंगको १८ महिना भन्दा बढीको युद्ध पछि रसियालाई हतियारहरूको ताजा आपूर्ति चाहिन्छ, जबकि उत्तर कोरिया, जसले आफ्नो आणविक हतियार परीक्षणको कारण वर्षौं अन्तर्राष्ट्रिय प्रतिबन्धहरूको सामना गरिरहेको छ।
उत्तर कोरियाले रुसलाई हतियार उपलब्ध गराउने विषयमा छलफल केन्द्रीत हुनसक्ने दाबी अमेरिकी अधिकारीहरुको छ ।