Kath khabar
नेम्वाङको निधनको शोकमा बिहीबार सार्वजनिक बिदा

 

                      काठमाडौं, भदौ २७ । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले एक सूचना प्रकाशित गर्दै बिहीबार सार्वजनिक बिदा दिइएको जानकारी गराएको हो । इलाम–२ बाट निर्वाचित ७१ वर्षीय प्रतिनिधि सभा सदस्य नेम्वाङको मंगलबार राति हृदयघातका कारण निधन भएको हो।

नेम्वाङको अन्तिम संस्कार भदौ २८ गते बिहीबार हुने भएकोले उक्त दिन नेपालभरका सबै सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । साथै, उक्त दिन कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update