काठमाडौं, भदौ २७ । श्रीलंकालाई हराउँदै भारत एसीसी एसिया कप क्रिकेटको फाइनलमा पुगेको छ । गएराति सम्पन्न खेलमा भारतले श्रीलंकालाई ४१ रनले हराएको हो ।
भारतले दिएको २१४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ४१.३ ओभरमा सबै विकेट गुमाएर १७२ रन मात्रै बनाउन सक्यो । पाकिस्तानका लागि सबैभन्दा बढी रनमा फखर जमानले २७ रन जोडे । त्यस्तै सलमान अलि र यफ्तकर अहमेदले समान २३–२३ रन बनाए । पाकिस्तानका कप्तान बाबर आजमले १० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
भारतीय कप्तान रोहित शर्माले सर्वाधिक ५३ रन बनाए । रोहितले आफ्नो एकदिवसीय करियरको ५१ औं अर्धशतक बनाएका थिए । उनले एकदिवसीयमा १० हजार रन पनि पूरा गरेका छन् । कोहलीले ९४ बलमा ९ चौका र ३ छक्काको मद्दतमा नटआउट १२२ रन र राहुलले १०६ बलमा १२ चौका र २ छक्काको मद्दतमा १११ रन जोडे । कोहलीले यसै खेलमा आफ्नो १३ हजार रन समेत पूरा गरेका छन् । कोहलीको यो ४७औं एकदिवसीय शतक हो ।