काठमाडौं, भदौ २८ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह, विश्व प्रतिष्ठित म्यागेजिन टाइमको १०० उदयीमान व्यक्तिहरुको सूचीमा परेका छन् । विश्वप्रसिद्ध टाइम म्यागेजिनले ‘टाइम हन्ड्रेड नेस्क्ट’ सूचीमा बालेनको नाम पनि समावेश गरेको हो ।
स्ट्रक्चरल इन्जिनियरिङ्गमा मास्टर्स गरेका ३३ वर्षिय शाहले पुराना राजनीतिक दलहरुप्रति सामाजिक सञ्जालहरुमा व्यक्त गरेको आक्रोशलाई म्यागेजिनले ‘बालेन प्रभाव’ भनेको छ । ठूला ठूला कुरा नगरी साधारण तथा अति आवश्यक परिवर्तनका वाचा गरी स्वतन्त्र उम्मेद्वारी दिएका शाहले स्थानिय निर्वाचनमा दिग्गज राजनितिज्ञहरुलाई हराएको टाइमले उल्लेख गरेको छ।
सन् २०० को मे महिनामा भएको निर्वाचनमा सम्भावित विजेताको रुपमा उदाएका शाहको चस्मा नै राजधानीमा प्रख्यात भएको म्यागेजिनले उल्लेख गरेको छ।
बालेनले सन् २०१५ को विनाशकारी भूकम्पको समयमा जनताको साना तथा अत्यावश्यक समाधानमा जोड दिएको उल्लेख गरिएको छ । बालेनले फोहोर विसर्जन, सरसफाइ, सुरक्षित पिउने पानी, सफा सडक र सहरी विकाससँगै सांस्कृतिक सम्पदाको संरक्षणमा योगदान पुर्याएको टाइम म्यागेजिनको भनाइ छ । पत्रिकाले विभिन्न क्षेत्रमा एक सय उदयीमान व्यक्तित्वको सूची प्रकाशन गर्ने गरेको छ ।