अब त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भित्र खादा-माला लगाएर जान नपाइने
खादा र माला लगाएर आएका यात्रुलाई खादा र माला फुकालेर आफ्नो झोला भित्र हाल्न आग्रह गरिरहेको दृश्य बिहिबार साँझ देखिएको थियो। विदाई गर्दा लगाईएको खादा माला भित्र जानु अगाडी निकाल्नु पर्ने भएपछि आफन्तहरुले अशन्तुष्टि व्यक्त गरेका छन्
काठमाडौं, भदौ २९ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट विदेश जाने यात्रुले अब खादा र माला लगाउन नपाउने भएका छन् । बाहिरको ट्याक्सी स्ट्यान्ड तथा विदाई गर्ने स्थानसम्म लगाउने पाउने भए पनि सुरक्षा चेक जाँच र टिकट जाँच तर्फ जाँदा भने खादा र फुलको मालामा प्रतिबन्ध लगाईएको बताईएको छ।
केही दिनदेखि विमानस्थल प्रशासनले यसबारे माइकिङ पनि गरिरहेको छ । खादा र माला लगाएर आएका यात्रुलाई खादा र माला फुकालेर आफ्नो झोला भित्र हाल्न आग्रह गरिरहेको दृश्य बिहिबार साँझ देखिएको थियो। विदाई गर्दा लगाईएको खादा माला भित्र जानु अगाडी निकाल्नु पर्ने भएपछि आफन्तहरुले अशन्तुष्टि व्यक्त गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८० १५:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय