Kath khabar
एसियन गेम्सका लागि नेपाली पुरुष क्रिकेट टोली घोषणा

 

                       काठमाडौं, भदौ २९ । एसियन गेम्सका लागि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार १५ सदस्यीय टोली घोषणा गरेको हो ।

रोहित पौडेलको कप्तानीमा टोली सार्वजनिक भएको टोलीमा पौडेलसहित करन केसी, प्रतिस जिसी, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, सन्दीप जोरा, विनोद भण्डारी, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, ललित राजबंशी, विवेक कुमार यादव, अविनाश बोहरा र सन्दीप लामिछाने छन्।

यसअघि राष्ट्रिय टोलीमा रहेका आरिफ शेख र भीम सार्कीलाई विश्राम दिइएको छ । विनोद भण्डारी र अविनाश बोहरालाई राष्ट्रिय टोलीमा फर्किएका छन् ।

एसियन गेम्सको पुरुष क्रिकेटमा नेपाल समूह ‘ए’मा रहेको नेपालले  मंगोलिया र माल्दिभ्ससँग खेल्नेछ। एसियन गेम्समा क्रिकेट खेलहरु टी–२० फर्म्याटमा हुनेछन्।

 

 

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update