Kath khabar
बसन्तपुरको जोखिमपूर्ण अवस्थामा रहेको नेपाल संस्कृति विश्वविद्यालयलाई महानगर अन्तर्गत ल्याउने तयारी

 

                   काठमाडौं, भदौ २९ ।  काठमाडौं महानगरपालिकाले बसन्तपुरमा जोखिमपूर्ण अवस्था रहेको नेपाल संस्कृति विश्वविद्यालयलाई आफ्नो मातहातमा ल्याउने पहल शुरु गरेको छ ।  विश्वविद्यालय रहेको वडा २३ का अध्यक्ष मचाराजा महर्जनले जीर्ण अवस्थामा रहेको यस विश्वविद्यालयलाई महानगरको मताहातमा ल्याई व्यवस्थान तथा रेखदेख गर्नको लागि पहल भएको जानकारी दिए । 

उनले महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा सो पहल शुरु भएकोले छलफल जारी रहेको बताए । यसैविच उपप्रमुख डंगोल र विश्वविद्यालयको स्वामित्व रहेको त्रिभुवन विश्वविद्यालयका उपकुलुपति धर्मकान्त बाँस्कोटा विच कुराकानी भएको उनले भने । 

‘जग्गाको स्वामित्व टंगो लगाउन महेन्द्र संस्कृति विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालय विच छलफल र पत्रचार हुने कुरा भएको छ, काठमाडौं महानगरपालिकाले पनि २०४३ सालमा क्याविनेटको निर्णय के भएको छ भन्ने बुुझ्छ,’ उनले भने,‘भुमिसुधारको डकुमेन्ट हेर्दा टियुुको नाममा छ, पुर्जा देखि लिएर फिल्ड बुक सबै, त्यसैले टियुुसँग हामीले छलफल बढाएका हौ ।’

वि.स. २०७२ सालको भूकम्पबाट क्षति पुुगेको यस विश्वविद्यालय अहिले सम्म टेकोकै भरमा एकदमै जोखिमपूर्ण रुपमा देखिएको वडा अध्यक्ष महर्जनले बताए । उनले भने,‘मेरै आफ्नै एरिया भित्र पर्ने, भौतिक जोखिम मात्र भए त समस्या भएन मानवीय जोखिम हुने धेरै संभावना छ, सकेसम्म चाँडै गर्ने पर्छ भन्ने मेरो ०७४ सालको निर्वाचीत अध्यक्ष भए देखिनै अहिले सम्म नियमित नगर सभा फलाकि रहेको छुु ।’

उनले अबको १०/१२ दिनपछि फेरी पनि सम्बन्धीत निकायसँग छलफल हुने बताए ।  महानगरपालिकाको १३ औ कार्यपालिका बैठकवाट सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्वन्धी कार्यनीति, २०७९ वमोजिम त्रिभुवन विश्व विद्यालय अन्तर्गतको केन्द्रिय विद्यार्थी हित शाखाका नाममा रहेको का.म.पा २३ सिट न २३ को १०२-११०४-१२ कि.न ३४८ क्षेत्रफल ०-४-१-२ अवस्थित रहेको यस विश्वविद्यालयलाई महानगरको मातहातमा ल्याउन खोजिएको हो । 

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update