Kath khabar
भारतबाट अवैध रूपमा भित्रिएको २ हजार किलो माछा नष्ट

 

                भरतपुर, असोज १ ।  चितवनमा २ हजार किलो माछा नष्ट गरिएको छ । मत्स्य व्यवसायी सङ्घ, पशु क्वारेन्टाइन चेकपोष्ट रामनगर र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले बरामद गरेको माछा नष्ट गरिएको हो ।

पशु क्वारेन्टाइन चेकपोष्ट रामनगरका प्रमुख शिरिष गौतमले नष्ट गरिएको माछा भारतबाट अवैध रूपमा भित्रिएको बताउनुभयो । लु ३ च १७९४ नम्बरको गाडीमा राखेर चितवन हुँदै काठमाण्डौ ल्याउन लागिएको माछा जाँचको क्रममा प्रहरीले बरामद गरेको थियो ।

नष्ट गरिएको माछाको बजार मूल्य ३ लाख २० हजार रुपैयाँसम्म हुनसक्ने तर बिलमा १ लाख ६० हजार रुपैयाँ मात्र लेखिएको देखिएको छ । मत्स्य व्यवसायी सङ्घ चितवनका अध्यक्ष अर्जुन लामिछानेले अवैध रूपमा माछा नेपाल भित्रने क्रम नरोकिएको बताउनुभयो ।

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update