Kath khabar
आज सप्तऋषिको पूजा आराधना गरी ऋषिपञ्चमी मनाइँदै

 

               काठमाडौं, असोज २ ।  हरेक वर्ष भाद्रशुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गइ ३६५ वटा दतिवनले दाँत माझ्ने र स्नान गर्छन् ।

यस वर्ष तिथि घटबढका कारण तीजको भोलिपल्ट आज ऋषिपञ्चमी परेको छ । आज महिलाले अरुन्धती सहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवम् धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले जानकारी दिनुभयो ।

आज स्नान गरी पूजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कलो लगायत एक छाक खाएर बस्नुपर्ने व्रतविधि छ ।  यस अवसरमा आज  काठमाडौंको टेकु सहित देशभरका ऋषेश्वर मन्दिरमा पूजाका लागि महिला भक्तजनको भिड लाग्ने गर्छ । नदी किनार वा घरमै पनि पूजा गर्ने गरिन्छ ।

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update