३२ थान मोबाइल सहित ४ भारतीय नेपालगञ्ज विमानस्थलबाट पक्राउ
उनीहरूले सेकेन्ड ह्यान्ड मोबाइल बनाउन काठमाडौं जान लागेको जिकिर गरेका छन् । प्रहरीले चोरीको मोबाइल काठमाडौंमा बेच्न लैजान लागेको शङ्का गरेको छ
बाँके, असोज ४ । बाँकेको नेपालगञ्ज विमानस्थलबाट ३२ थान मोबाइल सहित ४ जना भारतीय पक्राउ परेका छन् ।
जहाजमा काठमाडौं जाने तयारीमा रहेका भारतको मध्य प्रदेशका उनीहरूलाई ३२ थान मोबाइल सहित विमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ पर्नेमा अमित सोलङ्की, सचिव कुकरेजा, कमल बन्सारी र अर्का अमित रहेका छन् ।
उनीहरूले सेकेन्ड ह्यान्ड मोबाइल बनाउन काठमाडौं जान लागेको जिकिर गरेका छन् । प्रहरीले चोरीको मोबाइल काठमाडौंमा बेच्न लैजान लागेको शङ्का गरेको छ । उनीहरूलाई भन्सार पठाउने तयारी गरिएको प्रहरी नायब उपरीक्षक डाँगीले बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, असोज ४, २०८० १७:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय