Kath khabar
बाँकेको बाल सुधार गृहमा झडप हुँदा एकको मृत्यु, १० घाइते


                      बाँके, असोज ५ ।  बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ स्थित जयन्दु बाल सुधार गृहमा झडप हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।

मृत्यु हुनेमा रुपन्देही जिल्लाका २१ वर्षीय सुलभ केसी रहेको प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए । उनका अनुसार झडपमा गम्भीर घाइते भएका केसीको टाउकोमा चोट लागेपछि नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

बाल सुधार गृहमा तोडफोड र आगजनी समेत भएको छ । घाइतेहरुको नेपालगञ्ज मेडिकल कलेज र भेरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बालगृहमा प्रहरी तैनाथ छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  ०९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update