स्वीट्जरल्याण्डमा महिलालाई बुर्का लगाउन प्रतिबन्ध
नियम उल्लंघन गरे ९२ हजार रुपैयाँसम्म जरिवाना हुने
जुरिच, असोज ५। स्वीट्जरल्याण्डमा महिलाले बुर्का लगाउन प्रतिबन्ध गरिएको छ । स्वीट्जरल्याण्डको संसदले हालै अनुहार छोप्ने बुर्का लगाउन प्रतिबन्ध लगाउने प्रस्तावलाई अनुमोदन गरेको हो ।
समाचार अनुसार विधेयकको पक्षमा १५१ र विपक्षमा २९ मत परेको थियो । स्वीस संसदको माथिल्लो सदनले यसअघि नै यो विधेयकलाई अनुमोदन गरिसकेको छ । यो नियम उल्लंघन गरे १,००० स्विस फ्रांक्ससम्म जरिवाना हुने व्यवस्था गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन ।
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८० १२:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय