१ महिना पछि खुल्यो दाङको संस्कृत विश्वविद्यालय र सेवा आयोगको कार्यालयमा लागेको ताला
नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीले दुवै कार्यालयमा लगाएको ताला १ महिनापछि खुलेको हो । क्रान्तिकारी विद्यार्थी सङ्गठनले ५ बुँदे सहमति गरेर ताला खोलेको हो
दाङ, असोज ५ । दाङको नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय र सेवा आयोगको कार्यालयमा लागेको ताला १ महिना पछि खुलेको छ ।
नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीले दुवै कार्यालयमा लगाएको ताला १ महिनापछि खुलेको हो । क्रान्तिकारी विद्यार्थी सङ्गठनले ५ बुँदे सहमति गरेर ताला खोलेको हो ।
सहमतिमा नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक डाक्टर रमेश ढकालको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदनले औँल्याएका विषयहरु कार्यान्वयन गरिने, सेवा आयोगका आउँदो विज्ञापनहरुमा आवेदन फारमहरुमा अनलाइन भर्ने व्यवस्था मिलाउने उल्लेख छ ।
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८० १५:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय