Kath Khabar
कोभिड १९ को महामारी

काठमाडौं, असार ८ । बिश्वव्यापी महामारीरुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) बाट नेपालमा आज थप चार हजार पाँच सय २२ जना संक्रमित भएकाछन् । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार नौ सय १३ ओटा नमुनाको पिसिआर पिसिआर बिधिबाट परिक्षण गर्दा तीन हजार सात सय तीन र एन्टिजेन बिधिबाट आठ सय १९ जना समेत गरी चार हजार पाँच २२ जनामा संक्रमण देखिएको हो ।

 स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार आज चार हजार नौ सय ५४ जना संक्रमणमुत्त भएकाछन् । यसैगरी आज कोभिड १९ को संक्रमणकाकारण देशभर ४१ जनाको मृत्यु भएको छ । आज समेत गरेर नेपालमा कोेभिड १९ को संक्रमणबाट मृत्यु हुुनेको कुुल संख्या आठ हजार आठ सय १३ पुुगेको छ । नेपालमा हालसम्म पाँच लाख ५९ हजार नौ सय २८ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर पछिल्लो समय ८९ दसमलव ९३ प्रतिशत रहेको छ ।

नेपालमा हाल ५२ हजार छ सय ४८ जना सक्रिय संक्रमित रहेका छन् । काठमाडौं उपत्यकामा भने पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा चार सय ७६ जना संक्रमित थपिएका छन् । काठमाडौंमा तीन सय १०, भक्तपुरमा ६७ र ललितपुरमा ९९ जना संक्रमित थपिएका हुन् । उपत्यकामा अहिले सक्रिय संक्रमितको संख्या नौ हजार तीन ४२ जना रहेको छ ।  

प्रकाशित मिति: मंगलबार, असार ८, २०७८  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update