Kath khabar
एसियन गेम्सका लागि चीन जाने नेपाली क्रिकेट टोलीको बिदाइ

 

              काठमाडौं, असोज ७ । एशियन गेम्सका लागि चीन जाने नेपाली क्रिकेट टोलीको बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरूले एक कार्यक्रमकाबीच खेलाडीहरुलाई बिदाइ गरेका हुन् । नेपालले यही २७ सेप्टेम्बरमा मंगोलिया र १ अक्टोबरमा माल्दिभ्ससँग खेल्नेछ ।

अध्यक्ष चन्दले क्रिकेट खेललाई नेपालमा धेरैले रुचाएको भन्दै थप मनोबल बढ्ने गरी खेल्न आग्रह गर्दै जितको शुभकामना दिएका छन् । आगामी दिनमा सबैले देख्नेगरी मनोबल कमजोर नहुनेगरी आफूहरु लाग्ने बताए ।

कार्यक्रममा क्यानका सचिव पारस खड्काले नेपाली क्रिकेटको नयाँ युगको शुरुवात गर्ने प्रयासमा आफूहरु रहेको बताए । स्मरण रहोस् पारस खड्का हिजो भएको क्यानको निर्वाचनमा प्रशान्त बिक्रम मल्ललाई पराजित गर्दै सचिवमा निर्वाचित भएका हुन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले बिदाई कार्यक्रममा बोल्दै राम्रो अभ्यास गरेको र मेडल जित्ने लक्ष्य रहेको बताए । नेपाली टिममा विकेटकिपर विनोद भण्डारी, आसिफ सेख, ब्याट्सम्यान कुशल भुर्तेल, रोहितकुमार पौडेल र सन्दीप जोरा, अलराण्डरमा दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, विवेक यादव, फास्ट बलरमा सोमपाल कामी, करण केसी, गुल्सन झा, प्रतिश जिसी र अविनाश बोहरा, स्पिनरमा सन्दीप लामिछाने रहेका छन् ।

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी आज रहेकोले उनी भने टिमसँग गएका छैनन् । यसपटक ललित राजबंशीले भने चोटका कारण एसियाड गुमाएका छन् ।

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update