Kath khabar
सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाई आजपनि स्थगित

 

                  काठमाडौं, असोज ७ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाई आज पनि स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतले न्यायाधीश अभाव भएको भन्दै सुनुवाइ स्थगित गरेको हो ।

न्यायपरिषद्ले हालै केही न्यायाधीश सरुवा गरेको र केही न्यायाधीशको उच्च अदालतमा बढुवा भएपछि अभाव देखिएको बताइएको छ । यसअघि गत भदौ २१ गते न्यायाधीश शकुन्तला कार्कीको इजलासले पीडित किशोरीको जन्म मिति यकिन गर्ने थप कागजात पेश गर्न आदेश दिएको थियो ।

सो कागजात आएपछि असोज १ गतेका लागि अन्तिम सुनुवाइ भन्दै पेशी तोकिए पनि मुद्दा पेशी नचढी स्थगित भएको थियो । त्यसयता सुनुवाइका लागि मुद्दाको पेशी नै चढ्न सकेको छैन ।

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update