ललितपुर, असोज ८ । ललितपुरमा वडादशैं जुत्ता चप्पल व्यापार मेला २०८० आयोजना हुने भएको छ ।
“नेपाली उत्पादनको प्रर्वद्धन हाम्रो अभियान” भन्ने मुख्य नारा सहित नेपालमा जुत्ता चप्पल उत्पादन गर्ने उद्योगी व्यवसायीहरूको समुह स्वदेशमा उत्पादित जुत्ता चप्पलहरु र स्वदेशी व्राण्डहरुलाई आम उपभोक्ताहरुको वीचमा परिचित गराउने, उपभोक्ताहरुको वीचमा पुर्याउने र आम उपभोक्ताहरुलाई स्वदेशी वस्तु नै प्रयोग गर्ने भावनाको विकास गराई स्वदेशी उत्पादन प्रयोगका निमित्त उपभोक्ताहरूको रुचि जगाउने उद्देश्यका साथ देशका प्रमुख सहरहरुमा विभिन्न खालका मेला महोत्सवहरु आयोजना गर्दै यसपटक भने यही असोज १० गतेदेखि कार्तिक ३ गते सम्म बागमती प्रदेश ललितपुर जिल्लाको प्रमुख सांस्कृतिक सहर ललितपुर महानगर पालिका अन्तर्गत जावलाखेल खेल मैदानमा बडादशैं जुत्ता चप्पल व्यापार मेला २०८० आयोजना हो ।
नेपालको आर्थिक अवस्था यतिवेला सकारात्मक छैन । आर्थिक मन्दी र बैंकहरूमा देखिएको आर्थिक तरलता तथा आर्थिक अभावका कारण देशका हरेक क्षेत्रहरु प्रभावित भएका छन् । आर्थिक प्रवाह गर्ने हरेक क्षेत्रहरु यति वेला प्राय निष्कृय छन् । आर्थिक गतिविधिहरू चलायमान हुन सकिरहेको छैन । कृषि, पर्यटन लगायत उत्पादनमूलक औद्योगिक क्षेत्रहरु चरम आर्थिक संकट व्यहोर्न वाध्य छन् । आर्थिक अभावका कारण कतिपय उद्योगहरु धमाधम बन्द हुदैछन् भने उद्योगी व्यावसायीहरूले आत्महत्याको निर्मम बाटो रोज्न थालेका छन् ।
यस्तो विषम परिस्थितिमा उद्योगी व्यवसायीहरूको मस्तिष्कलाई सकारात्मक बनाउँदै देशको अर्थतन्त्रलाई गतिशील र चलायमान बनाउनका निमित्त पनि केही न केही गतिविधिहरू निरन्तर गरि रहन आवश्यक हुन्छ । हामी यतिबेला यही अभियानमा लागिरहेका छौं । फुटवेयर क्षेत्रका बारेमा धेरै चर्चा, परिचर्चा, छलफल र बहसहरू निरन्तर भई रहेका छन् । निरन्तरको छलफल र बहसले यहाँहरूले हामी उद्योगी व्यावसायी जत्तिकै जानकारी र अनुभव प्राप्त गरि सक्नु भएको छ । त्यसैले यो प्रेश नोटमा धेरै चर्चा गरि रहनु, आवश्यक छ जस्तो लाग्दैन । यति भने पुग्छ फुटवेयर क्षेत्र जुत्ता चप्पलको क्षेत्रमा देशलाई आत्मनिर्भर बनाउन सक्षम छ ।
देशको बिग्रदो आर्थिक अवस्थालाई सुधार गर्न कतिपय वस्तुहरूको आयातलाई नै प्रतिवन्ध लगाउनु पर्ने अवस्थामा सरकार पुग्दा आयातलाई निरुत्साहित र प्रतिस्थापित गर्दै देशको अर्थ तन्त्रलाई महत्वपूर्ण योगदान पुर्याउन सक्ने र कामको खोजीमा विदेशिन वाध्य नेपाली युवा शक्तिलाई स्वदेशमै रोजगारी उपलब्ध गराउन सक्ने यो क्षेत्रका विभिन्न खाले समस्या र चुनौतीहरू छन् । बैंकको चर्को व्याज दर, अनुभवी तथा अनुशासित श्रमशक्तिको अभाव, अनियन्त्रित चोरी पैठारी, बजारीकरणका समस्या, राजनैतिक अस्थिरताका कारण उत्पन्न हुने नीतिगत समस्या लगायतका चुनौतीहरूको सामना हामी गरि रहेका छौं । हामीलाई सधैं तपाईँहरूको साथ र सहयोगको आवश्यकता छ, यसको अपेक्षा हामीले गरि रहेका छौं ।
स्वदेशी उत्पादनलाई माया गर्ने, स्वदेशी उत्पादन मात्र प्रयोग गर्ने भावनाको विकास आम उपभोक्ता र सबै नेपालीहरुमा हुने हो भने देशमा सबै प्रकारका उद्योगहरु खुल्न सक्ने वातावरण बन्न सक्छ । देश औद्योगिकीकरणको बाटोमा अगाडि बढ्न सक्छ । औद्योगिकीकरणको माध्यमबाट मात्र देशलाई समृद्ध बनाउन सकिन्छ । व्यापक रुपमा रोजगारीका अवसरहरु सिर्जना हुन सक्छ ।
उद्योग संचालन गर्नका लागि उत्पादित वस्तु बिक्नु पर्दछ, कम्तीमा उद्योगीहरु र उद्योग बाँच्नु पर्दछ । यसका लागि नेपाली उपभोक्ताले स्वदेशमा नै उत्पादित वस्तु प्रयोग गर्ने बानी बसाल्नु पर्दछ । पहिले त देशलाई आत्म निर्भर बनाउनु पर्यो त्यसपछि बढि भएको उत्पादन निर्यात गरेर देशलाई समृद्ध बनाउन सकिन्छ । स्वदेशी उत्पादन प्रयोग गरि राष्ट्रियताको भावनाको विकास गराउने कार्य सञ्चार क्षेत्रले मात्र गर्न सक्ने भएकाले यो भूमिकामा यहाँहरुको सहयोगको सधैँ अपेक्षा हामीले गरि रहनेछौं, आयोजक संस्थाले विज्ञप्ति मार्फत भनेको छ ।