Kath khabar
१९ वर्ष मुनिको साफ च्याम्पियनसिपमा नेपालले आज माल्दिभ्ससँग खेल्दै

 

               काठमाडौं, असोज ८ ।  १९ वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज माल्दिभ्ससँग खेल्दैछ । खेल दिउँसो साढे १ बजे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुनेछ ।

प्रतियोगिताको सेमिफाइनलमा पुग्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपाल अङ्कविहीन अवस्थामा छ । पाकिस्तान भने दोस्रो खेलमा माल्दिभ्ससँग १-१ को बराबरी खेल्दै २ खेलबाट ४ अङ्कसहित सेमिफाइनलमा प्रवेश गरिसकेको छ।

पाकिस्तान समूह 'ए' को शीर्ष स्थानमा छ । १ अङ्क जोडेको माल्दिभ्स दोस्रो स्थानमा छ । आज नेपाल विजयी भए सेमिफाइनलमा पुग्नेछ भने खेल बराबरी भएको अवस्थामा माल्दिभ्स सेमिफाइनलमा पुग्नेछ ।

समूह 'ए' मा नेपाल, पाकिस्तान र माल्दिभ्स छन् । यस्तै, आजै समूह 'बी' का भारत र भुटान बीच पनि खेल हुँदैछ । यो खेल बेलुका साढे ५ बजे हुनेछ । हरेक समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन् ।

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १३:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update