काठमाडौं, असोज ८ । नेकपा (एमाले) को बागमती प्रदेश अधिवेशन सोमबार देखि शुरू भएको छ । अधिवेशन शुरू हुनुअघि एमाले नेता कार्यकर्ता अधिवेशनस्थल तर्फ र्याली निकाल्दै गएका छन्। र्यालीमा काठमाडौंको नगर कमिटिहरूको भव्य उपस्थिति देखिएको थियो ।
आज भृकुटीमण्डपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्नु भएको छ भने मंगलबार प्रज्ञा भवन कमलादीमा बन्द सत्र हुने बताइएको छ।
प्रदेश अधिवेशनमा १ लाख ९ हजार २३८ प्रतिनिधिबाट १ हजार १५० बढी प्रतिनिधि चुनिएर आएका छन्। सबै प्रतिनिधि सर्वसम्मत चुनिएर आएका हुन्। ९ सय प्रतिनिधि भूगोलबाट, ७० जन संगठनबाट र ३० विभागबाट चुनिएर आएका छन्। कूल प्रतिनिधि संख्याको ५ प्रतिशत मनोनित गर्न पाउने प्रावधान विधानमा छ। ती प्रतिनिधि चुनिन बाँकी रहेको बताइएको छ।