यू-१९ साफ च्याम्पियनसिप : माल्दिभ्सलाई ४-१ ले हराउँदै नेपाल सेमिफाइनलमा
दशरथ रंगशालामा दुवै टोली १० खेलाडीमा सीमित बनेका थिए । नेपालको जितमा समीर तामाङले २ तथा प्रशान्त लक्षम र नीराजन धामीले १-१ गोल गरे । माल्दिभ्सका लागि अदाम लयान रासिदले गोल गरेका हुन्
काठमाडौं, असोज ८ । माल्दिभ्सलाई ४-१ ले हराउँदै नेपाल साफ यू-१९ साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।
सोमबार दशरथ रंगशालामा नेपाल सहज जित निकल्दै समूह ‘ए’ को उपविजेता बनेको हो। पाकिस्तान २ खेलबाट ४ अंक सहित विजेता बन्यो।
दशरथ रंगशालामा दुवै टोली १० खेलाडीमा सीमित बनेका थिए । नेपालको जितमा समीर तामाङले २ तथा प्रशान्त लक्षम र नीराजन धामीले १-१ गोल गरे । माल्दिभ्सका लागि अदाम लयान रासिदले गोल गरेका हुन्।
हारसँगै माल्दिभ्स समूह चरणबाटै घर फर्किएको छ। पहिलो खेलमा नेपाललाई १-० ले हराएको पाकिस्तानले दोस्रो खेलमा माल्दिभ्ससँग १-१ गोलको बराबरी खेलेको थियो। पाकिस्तान यस प्रतियोगितामा पहिलो पटक सहभागी भएको हो।
प्रकाशित मिति: सोमबार, असोज ८, २०८० १७:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय