ललितपुर, असोज ९ । ललितपुर महानगरपालिका वडा नं ४ स्थित जावलाखेलमा ललितपुर महानगरद्वारा स्मार्ट सार्वजनिक शौचालय निर्माण गरिने भएको छ ।
उक्त सार्वजनिक शौचालय निर्माणका निम्ति शुक्रबार महानगर प्रमुख श्री चिरीबाबु महर्जन ज्यु, उप प्रमुख श्री (आस्था) मञ्जली शाक्य बज्राचार्य ज्यु, ललितपुर महानगरपालिका वडा नं ४ का वडा प्रमुख श्री सन्तोष खड्का ज्यु तथा एरोसान सस्टेनेबल स्यानिटेसन प्रालिका कार्यक्रम प्रमुख श्री सोनी अमात्य ज्यु र अध्यक्ष श्री प्रत्युषचन्द्र अमात्य ज्युको उप्स्थिितिमा ललितपुर महानगर र एरोसान सस्टेनेबल स्यानिटेसन बिच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारी पत्रमा महानगरप्रमुख श्री चिरीबाबु महर्जन र एरोसान सस्टेनेबल स्यानिटेस प्रा.लि. का अध्यक्ष श्री प्रत्युष चन्द्र अमात्य ज्युले हस्ताक्षर गर्नुभएको छ ।