काठमाडौं, असोज ९ । काठमाडौं महानगरपालिका र अभियन्ता ईः का प्रतिनिधिबिच काठमाडौंमा वार्ता जारी छ। राष्ट्रिय सभागृह बाहिर आठ दिनदेखि उभिइरहेका अभियन्ता ईः र महानगरपालिकाको टोलीबीच वार्ता भएको हो ।
काठमाडौं महानगरपालिकाले प्रवक्ता नवीन मानन्धरको नेतृत्वमा वार्ता टोली बनाएको छ भने आन्दोलनरत पक्षबाट अभियन्ता ईः को टोली वार्तामा छन् ।
वार्तामा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र अभियन्ता ईः दुवै बसेका छैनन् । फुटपाथ व्यवसायीको उचित व्यवस्थापन हुनुपर्नेलगायतका माग राखेर ईः सहितका अभियन्ता काठमाडौं महानगरपालिकाको कार्यालय राष्ट्रिय सभागृह बाहिर उभिएका थिए । यसअघि काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले ईः लाई भेटेर वार्ताका लागि सहजीकरण गर्ने बताएकी थिइन् ।
फुटपाथ व्यवसायीहरूलाई विकल्प दिने नीति बनाउन आफूले प्रयास गर्ने तर आफ्नो भूमिका सीमित रहने डंगोलले बताएकी थिइन् । ईः ले गरिब हैन गरिबी हटाउन माग गर्दै महानगरका मेयर बालेन शाहसँग जवाफ मागिरहेका थिए ।