अजरबैजानको एक इन्धन डिपोमा विस्फोट हुँदा २० जनाको मृत्यु, ३ सय भन्दा धेरै घाइते
३ सय जना मानिसलाई अस्पतालमा भर्ना गरिएकोमा कैयौँको अवस्था गम्भीर रहेको खबरमा उल्लेख छ । नागोर्नो काराबाख क्षेत्रमा पर्याप्त अस्पताल नहुँदा उपचारमा समस्या भएको छ
बाकु, असोज ९ । अजरबैजानको नागोर्नो काराबाखमा रहेको एक इन्धन डिपोमा विस्फोट हुँदा २० जनाको ज्यान गएको छ । डिपोमा विस्फोट हुँदा ३ सय जनाभन्दा धेरै घाइते भएका अर्मेनियाली अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
३ सय जना मानिसलाई अस्पतालमा भर्ना गरिएकोमा कैयौँको अवस्था गम्भीर रहेको खबरमा उल्लेख छ । नागोर्नो काराबाख क्षेत्रमा पर्याप्त अस्पताल नहुँदा उपचारमा समस्या भएको छ । विस्फोट के कारणले भएको हो भन्ने अझै स्पष्ट भइसकेको छैन ।
विवादित नागोर्नो काराबाख क्षेत्रमा १ लाख २० हजार जना जातीय अर्मेनियालीहरूको बहुमत रहेको छ । गएको हप्ता अजरबैजानले नागोर्नो काराबाख कब्जा गरेपछि घरबार विहीन भएका धेरै जना अर्मेनिया प्रस्थान गरेका छन् । अर्मेनिया सरकारले घरबार विहीनलाई शरण दिने बताएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज ९, २०८० १७:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय