Kath khabar
२१ केजी गाँजा सहित तस्करीमा प्रयोग भएको एम्बुलेन्स र चालक पक्राउ 


                मोरङ, असोज १० ।  मोरङको विराटनगर महानगरपालिका-१८ स्थित लाभघाटबाट साढे बोकेर तस्करी गर्न लागेको क्रममा मंगलबार राति सीमाक्षेत्रमा रहेको इलाका प्रहरी कार्यालय बुधनगरको टोलीले एम्बुलेन्स सहित चालकलाई प्रक्राउ गरेको हो। 

राजन अधिकारी फाउन्डेसन धरानले सञ्चालन गरेको को १ च ४६१९ नम्बरको एम्बुलेन्स सहित चालक धरान उपमहानगरपालिका-११ का ३८ वर्षीय गंगा सरकारलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
  
प्रहरीले गाँजा तस्करीमा संलग्न एम्बुलेन्सका चालक सरकारबाट नगद ४० हजार रुपैयाँ र बेवारिसे अवस्थामा रहेको एक भारतीय नम्बरप्लेटको मोटरसाइकल पनि बरामद गरेको छ। 

इप्रका बुधनगर र अस्थायी प्रहरी पोस्ट भेडियारीबाट खटिएको प्रहरी टोलीले विराटनगर-१८ स्थित खेतको परालमा लुकाएर राखेको  १६.५ किलोग्राम गाँजा पनि मंगलार राति नै बरामद गरेको इलाका प्रहरी रानीले जनाएको छ।  

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update