Kath khabar
मंगोलियालाई २७३ रनले पराजित गर्दै नेपालको टी-२० इतिहासकै अहिलेसम्मकै ठूलो कीर्तिमान

 

                 काठमाडौं, असोज १० ।  मंगोलियालाई २७३ रनले पराजित गर्दै नेपालले टी-२० इतिहासकै अहिलेसम्मकै ठूलो जित निकालेर विश्वकीर्तिमान बनाएको छ। यसअघि  चेकको २५७ रनको विश्वकीर्तिमान थियो। 

झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट मैदानमा नेपालले दिएको ३१५ रनको लक्ष्यमा मंगोलिया १३.१ ओभरमा ४१ रनमै अलआउट भयो।  जम्यासुरेनले १० रन जोड्नु बाहेक अरूले  दोहोरो रन जोड्न नपाई आउट भए। 

बलिङमा नेपालका करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछानेले २/२ विकेट लिए। करणले २ ओभरमा १ मेडन राख्दा १ रन र अभिनाशले २ ओभरमा १ मेडन राख्दा २ रन मात्र दिए। सन्दीपले पनि २ ओभरमा १ मेडन राख्दा ७ रन खर्चिए। सोमपाल कामी, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले समान १/१ विकेट लिए।

त्यसअघि मंगोलिया विरुद्ध पहिले ब्याटिङ  गरेको नेपालले ३ विकेटको क्षतिमा ३१४ रन जोड्यो। कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले कीर्तिमानी ब्याटिङ गरेपछि नेपालले टी-२० मा इतिहासकै ठूलो योगफल तयार गरेको हो। यसअघि टी-२० को विश्वकीर्तिमानी योगफल २७८ रन थियो।

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update