साफ यू-१९ च्याम्पियनसिप : भुटानलाई ६-५ गोलले हराउँदै पाकिस्तान फाइनलमा
निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो । पेनाल्टी शुटआउटमा पनि बराबरी भएपछि खेल सडन डेथमा पुगेको हो
काठमाडौं, असोज १० । भुटानलाई हराउँदै पाकिस्तान १९ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको फाइनलमा पुगेको छ ।
आज बुधवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा पाकिस्तानले भुटानलाई 'सडन डेथ' मा ६-५ गोलले हराउँदै फाइनलमा पुगेको हो । निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो । पेनाल्टी शुटआउटमा पनि बराबरी भएपछि खेल सडन डेथमा पुगेको हो ।
अब पाकिस्तानले फाइनलमा नेपाल र भारतबीचको खेलको विजेतासँग खेल्नेछ । फाइनल खेल शनिवार हुनेछ ।
प्रकाशित मिति: बुधबार, असोज १०, २०८० १८:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय