Kath khabar
काठमाडौं महानगरसँग ‘ई’ को ४ बुँदै सहमति, आन्दोलन स्थगितको घोषणा


                   काठमाडौं, असोज ११ । काठमाडौंका फुटपाथ तथा सडक व्यवसायीको व्यवस्थापनको माग राख्दै आन्दोलनमा रहेका अभियन्ता ‘ई’ र काठमाडौं महानगरपालिकाबीच सहमति भएको छ।  राष्ट्रिय सभा गृहमा बुधबार दिउँसोदेखि भएको छलफलमा ४ बुँदे सहमति भएको हो  ।

सहमतिपछि 'ई' ले आन्दोलन स्थगितको घोषणा गरेका छन् । बुधबार साँझ कामपाका तर्फबाट आईआईएच र कार्यकारी समिति सदस्य चिनिकाजी मर्हजनले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सहमतिमा महानगरपालिकाले फुटपाथ तथा सडक व्यवसायीबाट जफत गरेका सामानहरु महानगरपालिकाको स्टोरमा भएसम्म यकिन गरी सम्बन्धित सामानका धनीलाई फिर्ता गर्ने भनिएको छ।

सोही अनुसार सडक व्यवसायमा संलग्न हुन सक्ने स्थान, समय र व्यक्ति निर्धारण गर्न र स्थान उपलब्ध गराउने विधि, प्रक्रिया र कानुनी व्यवस्था मिलाउन समिति गठन गरी दुई महिनाभित्र कामपालाई प्रतिवेदन बुझाउने छ । सडक बिक्रेताहरूको लागि स्थान कानून द्वारा निषेधित स्थानहरू हुनेछन्।

समितिमा कामपाका तर्फबाट तीनजना, अभियानकर्ता आइआइएचका तर्फबाट दुईजना, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक–एक जना, सहरी विकास मन्त्रालय, ट्राफिक प्रहरी र सडक बिक्रेता रहनेछन् ।

 

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update