Kath khabar
नेपाल बैंकको सञ्चालक दाहालद्धारा पद तथा गोपनीयताको सपथग्रहण

काठमाडौं, असार ८ । नेपाल बैंकको सञ्चालक सुमन दाहालले पद तथा गोपनीयताको सपथग्रहण गर्नुभएको छ । बैंकमा रिक्त रहेको सञ्चालक समिति सदस्य पदमा नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव सुमन दाहाल नियुक्त भई आउनुभएको र उहाँले यही असार सात गतेका दिन सञ्चालक समितिका अध्यक्षश्री मधु कुमार मरासिनीबाट सञ्चालक पदको पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको बैंकले जानकारी दिएको छ । 

शपथ ग्रहण कार्यक्रम पश्चात् बैंक सञ्चालक समितिका अध्यक्ष मरासिनीले नवनियुक्त सञ्चालकलाई सञ्चालक समितिमा स्वागत गर्दै सञ्चालक समितिमा रहेर बैंकको सर्वोपरी हितमा सञ्चालक सदस्य सुमन दाहालको भूमिका महत्वपूर्ण रहने विश्वास व्यक्त गर्नुभयो ।तत्पश्चात् नवनियुक्त सञ्चालक सदस्य दाहालले नेपाल बैंक लिमिटेडको सञ्चालकको जिम्मेवारी निर्वाह गर्न पाएकोमा प्रशन्नता व्यक्त गर्दै आफूले बैंकको हितमा सक्दो योगदान गर्ने वचनवद्धता व्यक्त गर्नुभयो । शपथ ग्रहण कार्यक्रममा  बैंक सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, का.मु. नायब प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुखहरु र कम्पनी सचिवसमेतको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति: मंगलबार, असार ८, २०७८  १८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update