आन्दोलनरत राहत शिक्षकहरु र शिक्षा मन्त्रालयबीच सहमति
काठमाडौं, असोज १२ । आन्दोलनरत राहतका शिक्षकहरु र सरकारबीच सहमति भएको छ । शिक्षकहरू र सरकारबीच सहमति भएसँगै उनीहरुले आन्दोलन फिर्ता लिने भएका छन् ।
आज शुक्रबार अपरान्ह सिंहदरबारस्थित् शिक्षा मन्त्रालयमा भएको वार्ताबाट दुई पक्षबीच सहमति जुटेको हो । वार्तामा शिक्षामन्त्री अशोक राई, शिक्षाराज्यमन्त्री प्रमिला कुमारी र सचिव सुरेश अधिकारी सहभागी थिए । शुक्रबार सरकारले आन्दोलनको आह्रान गर्ने नेपाल शिक्षक महासंघसँग ७ बुँदे सहमति गरेपछि आन्दोलन स्थगित गरेको थियो ।
महासंघसँग र सरकारले ६ बुँदे सहमति गरेको भएपनि उक्त सहमतिमा असन्तुष्टि जनाउँदै राहत शिक्षकहरूले आन्दोलन जारी राखेका थिए ।
प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८० १६:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय