खाना पकाउने ग्यास प्रतिसिलिन्डर २११० पुग्यो
काठमाडौं, असोज १४ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्यमा उच्च वृद्धि गरेको छ । एलपी ग्यास प्रति सिलिन्डर २ सय १५ रुपैयाँले बढाएर प्रतिसिलिन्डर २११० पुगेको छ ।
निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ, हवाई इन्धनमा प्रतिलिटर ८ रुपैयाँ र अन्तर्राष्ट्रियका लागि प्रतिकिलो अमेरिकी डलर ६० रुपैयाँ बढाएको छ । भारतबाट मूल्य बढेर आएको भन्दै निगमले मूल्य बढाएको हो ।
प्रकाशित मिति: आइतबार, असोज १४, २०८० ०९:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय